झोलुङ्गे पुल निर्माणपछि घण्टौ लाग्ने दूरी १० मिनेटमै सीमित
rajdhanidaily.com · Fri Sep 11 11:19:42 GMT 2026

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका ७ र ११ लाई जोड्ने गरी आँधीखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । गल्याङ ११ को बुढाथोकी डाँडा र वडा न ७ को सेनापुकलाई जोड्ने ४४४ मिटर लम्बाइको उक्त पुल निर्माणपछि सेनापुकबाट सिद्धार्थ राजमार्ग १० मिनेटमै आउन सकिने भएको हो । यसअघि सेनापुकबाट त्यहाँ आइपुग्न एक घण्टा लाग्दै आएको थियो ।
सेनापुक लगायत आँधीखोला पारी रहेको बाक्लो बस्तीका नागरिकको सहजतासँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यो पुल उपयोगी हुने गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए । “पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत, ब्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य तथा दैनिक जीवनयापनका लागि सहज र सरल भएको छ” उनले भने, “पुल निर्माणसँगै गल्याङलाई भौतिक, आर्थिक र सामाजिक दृष्टिले मजबुत बनाउँदै समग्र नगरलाई विकासको नयाँ आयाममा अघि बढाउने अपेक्षा गरेका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)