डेढ महिनामा पनि नबन्ने राष्ट्रिय परिचयपत्र
nepalnews.com · Fri Sep 11 11:15:44 GMT 2026

विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का ४० वर्षीय उपेन्द्र खड्कालाई विदेश जान आवश्यक कागजपत्र जुटाउनु छ। त्यसका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि उनी २६ भदौ (शुक्रबार) बिहानै घरबाट विराटनगरतर्फ हिँडे। घरदेखि जिल्ला प्रशासन कार्यालय मोरङ करिब ३० किलोमिटर टाढा छ। सार्वजनिक यातायातमा करिब दुई घण्टाको यात्रा गरेपछि उनी त्यहाँ पुगे।
कार्यालय परिसरमा सेवाग्राहीको भीड थियो। सुरक्षाकर्मीले टोकन लिनुपर्ने जानकारी दिएपछि उनी प्रशासन कार्यालयको सहायक गेटतर्फ लागे। त्यहाँ दुई जना सुरक्षाकर्मी टोकन वितरण गरिरहेका थिए। उपेन्द्रले पनि आफ्नो पालो आउने आशामा टोकन लिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)