प्रधानमन्त्रीसँगको भेट सकारात्मक, आत्मविश्वास बढेको महसुस गरेका छौंः पवन गोल्यान
clickmandu.com · Fri Sep 11 11:17:49 GMT 2026

काठमाडौं । व्यवसायी पवन गोल्यानले प्रधानमन्त्रीसँगको भेटवार्तापछि आफूले निकै सकारात्मक महसुस गरेको बताएका छन् । क्लिकमान्डुसँगको कुराकानीमा उनले आत्मविश्वासमा बढेको बताए ।
‘प्रधानमन्त्रीसँग निकै सकारात्मक र सौहार्दपूर्ण छलफल भयो । यो भेटले हाम्रो मनोबल बढेको छ,’ गोल्यानले भने, ‘निजी क्षेत्रले आफूले गरिरहेको लगानी बढाउनुका साथै अन्य व्यवसायीहरूलाई पनि लगानी गर्न प्रोत्साहित गर्ने सन्देश दिनु भएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)