गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’ बाट सम्मानित
arthasansar.com

गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ मा विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित भएको छ । कर्पोरेट बिजनेस म्यागजिनद्वारा आषाढ ४ गते, विहिबार काठमाडौको होटल र्याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समीटको अठारौं संस्करणमा यस विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।
अवार्ड वितरण कार्यक्रमका विशेष अतिथि तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)