पशुपति क्षेत्रमा तीज पर्वको तयारी
ratopati.com · Fri Sep 11 11:34:19 GMT 2026

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको तीजको तयारी थालेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा आज कोष, सुरक्षा निकाय तथा विभिन्न सङ्घ–संस्थाको सहभागितामा तीज पर्व २०८३ का लागि आवश्यक सुरक्षा, भक्तजन व्यवस्थापन, भीड नियन्त्रण, सरसफाइ तथा अन्य व्यवस्थापनका विषयमा समन्वय बैठक बसेको थियो ।
पशुपतिनाथ मन्दिरमा देशभरबाट आउने श्रद्धालु भक्तजनलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा दर्शन तथा पूजा–आराधना गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)