नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा
khabarhub.com · Fri Sep 11 11:59:45 GMT 2026

काठमाडौं – बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा दिइन् । उनले ग्यासको आपूर्तिमा कर्मचारीले असहयोग गरेको र व्यवसायीलाई ‘पाता फर्काउनुपर्ने’ विवादास्पद अभिव्यक्ति दिँदा भएको चौतर्फी विरोधपछि राजीनामा दिएकी हुन् । यादव उद्योगमन्त्रीमा आसिन हुँदादेखि नै मुलुकमा ग्यासको अभावको सुरुवात भइसकेको थियो ।
भन्सार विभागको तथ्यांकले भने पछिल्ला महिनाहरूमा नेपालमा विगतको तुलनामा ग्यासको आपूर्तिमा वृद्धि हुँदै आएको देखाएको छ । तर, पूर्वमन्त्री यादवले समस्यालाई समाधान गर्ने हिसाबले भूमिका भने प्रदर्शन गर्न सकिनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)