ललितपुर महानगरले ब्युँतायो शारदा पुस्तकालय
onlinekhabar.com · Fri Sep 11 12:02:01 GMT 2026

२६ भदौ, काठमाडौं। ललितपुर महानगरले वि.सं २०४६ सालदेखि बन्द रहेको ऐतिहासिक शारदा पुस्तकालय संचालनमा ल्याएको छ।
उक्त पुस्तकालयको संस्कृति शिरोमणि हरिराम जोशीले शुक्रवार उद्घाटन गरे। उक्त पुस्तकालय ललितपुर महानगरको नया भवन ब्लक बीको चौथो तल्लामा रहेको छ। २०४६ सालको जनआन्दोलन अघिसम्म शारदा पुस्तकालय ललितपुर नगर पञ्चायतको भवनमा संचालन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)