दलित आन्दोलनमा कांग्रेसको ऐक्यबद्धता
ekantipur.com · Thu Aug 29 17:09:02 UTC 2024

काठमाडौँ — दलितलाई अधिकार दिन माग गर्दै काठमाडौंको माइतीघरमा चलिरहेको आन्दोलनमा सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूले पनि ऐक्यबद्धता जनाएका छन् । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले गएको २३ दिनदेखि शरीरमा नेल लगाएर माइतीघरमा प्रदर्शनमा गर्दै आएका छन् ।
उनको आन्दोलनमा दलित समुदायका युवा, अभियन्ता र नागरिक अगुवाहरूले समेत साथ दिँदै आएका छन् । बिहीबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियारसहित नेताहरूले माइतीघर पुगेर अभियन्ता सुनारको नेतृत्वमा चलिरहेको दलित आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)