कृष्णभीरमा पहिरो छ, कुन बाटो जाने पोखरा र चितवन ? (भिडियो)
ratopati.com · Fri Sep 11 12:11:59 GMT 2026

काठमाडौँ । भदौ १० मा भोटेकोशी नदीमा आएको असाधारण बाढीले त्रिशूली राजमार्गको ४० किलोमिटर खण्ड क्षतविक्षत् पारेको छ । यता राजधानी काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग कृष्णभीर खण्डमा पहिरो खस्दा बन्दको अवस्थामा छ ।
हरेक बर्खायाममा पहिरो खसेर दशकौँसम्म पिरोलेको कृष्णभीर क्षेत्रमा पछिल्लो समय रिटेन्सन वाल र वृक्षारोपणपछि यो क्रम केही रोकिएको थियो । तर यसपटक भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले धरातल कमजोर पार्दा फेरि कृष्णभीरमा पहिरो खसेको छ । जसले काठमाडौँको चितवन र पोखरासँग सम्पर्क विच्छेद भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)