पोखरामा थप पाँच शव व्यवस्थापन
reportersnepal.com · Fri Sep 11 12:15:05 GMT 2026

गण्डकी, २६ भदौ । भोटेकोशी-त्रिशूली बाढीमा ज्यान गुमाएका थप पाँच जनाको शव आज पोखरामा व्यवस्थापन गरिएको छ । पहिचान हुन नसकेपछि दुई महिला, दुई पुरुष र एक बालकको शव पोखरा महानगरपालिका-१६ स्थित वनक्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
शव परीक्षण तथा पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा ल्याइएका १०२ शवमध्ये यसअघि ७६ शवलाई सोही स्थानमा जमिनमुनि व्यवस्थापन गरिएको थियो । एक्काइस शव पहिचान गरी आफन्तलाई हस्तान्तरण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)