प्रधानमन्त्री कार्यालयको भ्रमणबारे जर्मन राजदूतले दिए यस्तो स्पष्टीकरण
nagariknews.nagariknetwork.com · Fri Jun 19 12:50:32 GMT 2026

नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले हालै आफ्नो प्रधानमन्त्री कार्यालय भ्रमणलाई लिएर बाहिर आएका हल्लाबारे स्पष्टीकरण दिएका छन्।
राजदूत भोल्जले सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्, 'नेपालका मिडिया आउटलेटहरूले मेरो हालैको प्रधानमन्त्री कार्यालयको भ्रमणको बारेमा विभिन्न रूप र तरिकाले रिपोर्टिङ गरिरहेका छन्। म यो कुरा जोड दिन चाहन्छु कि न त मैले व्यक्तिगत रूपमा न त जर्मन दूतावासले यस विषयमा पत्रकारहरूसँग कुनै छलफल गरेको छु र यस सम्बन्धमा कुनै प्रकाशनलाई अनुमति दिएको छु।'
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)