खोपको महत्व तल्लो तहसम्म बुझाउनुपर्छ: सभामुख यादव
gorkhapatraonline.com · Fri Sep 11 12:15:00 GMT 2026

जनकपुरधाम, भदौ २६ गते। मधेश प्रदेशका सभामुख रामअशिष यादवले खोपबाट बालबालिकालाई विभिन्न रोगबाट जोगाउन सकिने भएकाले यसको महत्व समुदायको तल्लो तहसम्म बुझाउनुपर्ने बताउनुभएको छ।
धनुषा, महोत्तरी, सर्लाही र रौतहटका चार जिल्लाका १२ पालिकामा खोप लिन छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याउने उद्देश्यले युनिसेफको सहयोग तथा मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा लाइफ नेपालले सञ्चालन गर्न लागेको ''खोप नपाएका बालबालिकासम्म पुग्न सामुदायिक सहभागिता, माग सिर्जना र डिजिटल समाधानमार्फत सामुदायिक संयन्त्र सुदृढीकरण’ कार्यक्रमको शुक्रबार जनकपुरधाममा शुभारम्भ गर्दै सभामुख यादवले यस्तो बताउनुभएको हो।"
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)