लागुऔषध सहित दुई जना पक्राउ
ratopati.com · Fri Sep 11 12:23:16 GMT 2026

काठमाडौँ । प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जुम्ला र मोरङबाट दुई जना पक्राउ परेका हुन् । जुम्लाको चन्दननाथ नगरपालिका–६ लाईज्यूलाबाट अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित तातोपानी गाउँपालिका–२ डाँगीबाडा बस्ने २२ वर्षीय रोशन शाहीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)