प्रधानमन्त्रीले कानुन ल्याएर भएपनि लगानीमैत्री वातावरण बनाउँछु भन्नु उत्साहजनक -चन्द्रप्रसाद ढकाल
kendrabindu.com · Fri Sep 11 12:25:32 GMT 2026

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित निजी क्षेत्रका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्।
छलफलका क्रममा आन्तरिक तथा प्रत्यक्ष वैदेशिक लगानीको प्रवर्द्धन, पूर्वाधारमा लगानी, रोजगारी सिर्जना र राजस्व वृद्धिका विषयमा प्रधानमन्त्री शाहले विशेष चासो देखाएका थिए । मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक परे नयाँ कानुन ल्याएरै भए पनि सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धताले निजी क्षेत्रमा ठूलो उत्साह थपेको ढकालले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)