ट्याक्टरको ठक्करबाट बाबु-छोरीको मृत्यु, आमा घाइते
nepalviews.com · Fri Jun 19 13:31:31 GMT 2026

झापा । झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कन्काई नगरपालिका–५ स्थित तुलसीवारिमा शुक्रबार दिउँसो खुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकललाई खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका–३ बस्ने २० वर्षीय समीर अली र मोटरसाइकलमा सवार उनकी ५ वर्षीया छोरी हाजिरा खातुनको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)