हनुमन्ते खोला किनारको सार्वजनिक जग्गा अतिक्रमणको आरोप, स्थानीयद्वारा छानबिनको माग
nagariknews.nagariknetwork.com · Fri Jun 19 13:33:57 GMT 2026

भक्तपुरको बालकोट–कौशलटार क्षेत्रमा रहेको हनुमन्ते खोला किनारको सार्वजनिक जग्गा अतिक्रमण गरी निजीकरण गरिएको आरोप स्थानीयवासीले लगाएका छन्। स्थानीयका अनुसार खोला किनारमा रहेको झण्डै ४५ रोपनी सार्वजनिक जग्गा कित्ताकाट गरी प्लटिङसहित बिक्रीसमेत गरिएको भन्दै संलग्न भूमाफियामाथि कारबाहीको माग गरिएको हो।
यस विषयमा स्थानीयवासीले शुक्रबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोदकुमार खड्कामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। साथै सार्वजनिक जग्गा संरक्षणका लागि स्थानीय पुष्कर विष्टको अध्यक्षतामा संघर्ष समिति समेत गठन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)