एनपीएल च्याम्पियन लुम्बिनी लायन्सको हस्पिटालिटी पार्टनरमा भिभान्ता
neplays.com · Fri Sep 11 12:58:00 GMT 2026
नेपाल प्रिमियर लिग (एनपिएल) को च्याम्पियन टोली लुम्बिनी लायन्सले भिभान्ता काठमाडौं होटलसँग हस्पिटालिटी पार्टनरको रुपमा सम्झौता गरेको छ । तेस्रो सिजनको एनपिएलका लागि लुम्बिनी लायन्स भिभान्ता काठमाडौँ होटलमा बस्ने छ ।
गत सिजनमा पनि लुम्बिनी लायन्सले च्याम्पियन यात्रा तय गर्दा ललितपुरको झम्सिखेलमा अवस्थित भिभान्ता काठमाडौं होटलबाटै सुरु गरेको थियो । नयाँ सम्झौता अनुरुप भिभान्ता काठमाडौं होटलले एनपिएलका दौरान खेलाडी तथा सपोर्ट स्टाफसहित लुम्बिनी लायन्सको टोलीका लागि आवास, वेलनेससहितको आतिथ्यता प्रदान गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)