आमाले छोडेपछि बालाश्रम पुगेकी बालिका दुई महिनापछि आमाले नै लिइन् जिम्मा
onlinekhabar.com · Fri Sep 11 12:57:37 GMT 2026

२६ भदौ, जनकपुरधाम । आमाले छाडेर अलपत्र भएपछि प्रहरीको सहयोगमा बाल आश्रम पुगेकी बालिकालाई दुई महिनापछि पुनः आमाले नै जिम्मा लिएकी छन् । गत असार ३१ गते राति ८ः २० बजे महोत्तरीको समसी गाउँपालिका ४ भेटपुरचौकमा बालिका अलपत्र फेला परेकी थिइन् ।
अभिभावक खोज्दा नभेटिएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले धनुषाको जनकपुरधाम वडा नं. ८ स्थित सद्गुरु बाल आश्रममा जिम्मा लगाएको थियो । करिब दुई महिनापछि ती बालिका सम्सी गाउँपालिकाकै शन्तकुमार मण्डलको रहेको पुष्टि भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)