प्रधानमन्त्री राहत कोषमा १३ अर्व २३ करोड १० लाख मौज्दात
gorkhapatraonline.com · Fri Sep 11 13:09:11 GMT 2026

। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपियाँ मौज्दात रहेको छ।
कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपियाँ मौज्दात छ। यस्तै, दुईवटा वाणिज्य बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)