बाजुरामा १८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ
kendrabindu.com · Fri Sep 11 13:12:40 GMT 2026

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–२, कोल्टीमा एक १८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ परेका छन् । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ घर भई हाल कोल्टी अस्पतालमा कार्यरत ३२ वर्षीय एचए कफीन विकलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको हो ।
भदौ २४ गते बेलुका करिब ७ बजे चार्जमा रहेको मोबाइल लिनका लागि युवती विकको कोल्टीस्थित कोठामा पुगेकी थिइन् । त्यस क्रममा आफूलाई कोठाबाट बाहिर आउन नदिई रातभर राखेर जबरजस्ती करणी गरेको भन्दै भदौ २५ गते प्रहरीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)