रास्वपाद्वारा ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माण गर्न समिति गठन
kendrabindu.com · Fri Sep 11 13:12:25 GMT 2026

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ।
पार्टीको केन्द्रीय समितिको निर्णयबमोजिम उक्त समिति गठन गरिएको प्रवक्ता जगदिश खरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। यस समितिको संयोजकमा विपिन कुमार आचार्य रहेका छन् भने सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)