बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरण
ratopati.com · Fri Sep 11 13:15:41 GMT 2026

काठमाडौँ । विभिन्न कारणबाट जैविक वा कानुनी अभिभावकसँग बस्न नसक्ने अवस्था सिर्जना भई बालबालिकाले प्राप्त गर्ने वैकल्पिक हेरचाहसम्बन्धी तथ्याङ्कलाई अन्तरराष्ट्रिय रूपमा एकरुपता, तुलनायोग्य र विश्वसनीय बनाउने उद्देश्यले ‘बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी तथ्याङ्कको अन्तरराष्ट्रिय वर्गीकरण’लाई तीन तहमा छुट्टयाइएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बालबालिकाको वैकल्पिक हेरचाहलाई मुख्यतः परिवारमा आधारित वैकल्पिक हेरचाह, आवासीय वैकल्पिक हेरचाह र स्वतन्त्र जीवनयापनको तहमा वर्गाीकरण गरिएको छ । उक्त वर्गीकरणले प्रशासनिक अभिलेख, सर्वेक्षण तथा गणनाबाट प्राप्त विभिन्न तथ्याङ्कलाई एउटै परिभाषा, विधि र अवधारणाका आधारमा राष्ट्रिय तथा अन्तरााष्ट्रिय रूपमा स्तरीय एवं तुलनायोग्य बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)