पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान
ratopati.com · Fri Sep 11 13:24:21 GMT 2026

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई आगामी असोज २० गतेभित्र पात्रो गणनाको गणित पेस गर्न आह्वान गरेको छ ।
समितिले पञ्चाङ्गखण्ड सौरोक्तपद्धतिबाट र अन्य ग्रहहरूको गणना केतकीय पद्धतिबाट गर्न सूचित गरिएको अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिए। असोज २० गतेभित्र सबै विषयवस्तु समावेश गरिएको पञ्चाङ्ग पेस गर्न अनुरोध गरिएको पनि उनले सुनाए । विसं २०८३ को पात्रोसमेत यही पद्धतिबाट स्वीकृति दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)