उदयपुरका नदी तटीय क्षेत्रमा उच्च सतर्कता
gorkhapatraonline.com · Fri Sep 11 13:31:20 GMT 2026

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नं. २ र ४ स्थित हुङ्गा खोलामा पहिरो खसेर नदी थुनिएपछि बनेको ताल (ड्याम) फुट्न सक्ने जोखिम बढेपछि उदयपुरका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार बुधबार बिहान करिब ७ बजे हुङ्गा खोलामा ठुलो पहिरो खसेर नदी थुनिएको र करिब एक सय मिटर लामो तथा १५ मिटर गहिरो ताल (ड्याम) बनेको जानकारी प्राप्त भएकोले तटीय क्षेत्रमा सतर्कता गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)