पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान
canadanepal.com · Fri Sep 11 13:43:17 GMT 2026

काठमाडौँ - नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्न इच्छुक पञ्चाङ्गकारलाई आगामी असोज २० गतेभित्र पात्रो गणनाको गणित पेस गर्न आह्वान गरेको छ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार पञ्चाङ्गको सौरोक्तखण्ड सौरोक्त पद्धतिबाट तथा अन्य ग्रहहरूको गणना केतकीय पद्धतिबाट गर्नुपर्नेछ। उहाँले तोकिएको मितिभित्र आवश्यक सबै विषयवस्तु समावेश गरी पञ्चाङ्ग पेस गर्न आग्रह गरिएको जानकारी दिनुभयो। विसं २०८३ को पात्रोलाई पनि यही पद्धतिअनुसार स्वीकृति दिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)