लक्ष्मी हुन्डाईका दुई प्राविधिक अन्तर्राष्ट्रिय प्रशिक्षणका लागि दक्षिण कोरिया प्रस्थान
kendrabindu.com · Fri Sep 11 14:03:38 GMT 2026

काठमाडौं । सीप विकासलाई अन्तर्राष्ट्रिय प्रशिक्षणसँग जोड्दै लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई प्राविधिक दक्षिण कोरिया प्रस्थान गरेका छन् । उनीहरूले हुन्डाई ग्लोबल लर्निङ सेन्टरमा आयोजना हुने हुन्डाई ट्यालेन्ट एकेडेमीअन्तर्गत उन्नत सवारीसाधनको परीक्षण, मर्मतसम्भार तथा नयाँ अटोमोबाइल प्रविधिबारे प्रशिक्षण लिनेछन् ।
प्राविधिक शिक्षा, अप्रेन्टिससिप र रोजगारीसम्मको उनीहरूको यात्रा चार महिनामै पूरा भएको हो । यस अवधिमा उनीहरूले कक्षाकोठामा हासिल गरेको ज्ञानलाई वास्तविक कार्यस्थलमा प्रयोग गर्दै सवारीसाधनको सर्भिसिङ, परीक्षण तथा मर्मतसम्भारमा व्यावहारिक अनुभव हासिल गरेका छन् । अप्रेन्टिससिपपछि उनीहरूलाई लक्ष्मी हुन्डाईमै रोजगारीको अवसर प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)