जलनमा परेका व्यक्तिको दुई लाखसम्म निःशुल्क उपचार
barnanmedia.com · Fri Sep 11 13:58:43 GMT 2026

काठमाडौं महानगरपालिकाले जलनमा परेका व्यक्तिको दुई लाख रुपैयाँसम्म निःशुल्क उपचार गराउने भएको छ।
जनल उपचारका लागि शुक्रबार काठमाडौँ महानगरपालिका र कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रस्ट)बीच सम्झौता भएको छ। महानगरको स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसी र अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। महानगरकी कार्यवाहक मेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल रोहबरमा बसेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)