उबर नेपालमा लन्च गर्न एफडीआई प्रस्तावको नाटक, विभागले माग्यो यी विवरण
barnanmedia.com · Fri Jun 19 14:47:49 GMT 2026

बहुराष्ट्रिय राइड हेलिङ कम्पनी उबरले नेपालमा विदेशी लगानी (एफडीआई) भित्र्याउ भन्दै गरेको प्रस्तावमा कुनै पनि आवश्यक डकुमेन्ट उल्लेख नभएको पाइएको छ । गत मे ८ तारिख उबरले उद्योग विभागमा विदेशी लगानी ल्याउनका लागि प्रस्ताव पेश गरेको थियो ।
सिस्टमबाट नै प्रस्ताव पेश गरेको उबरले कुनै पनि आवश्यक डकुमेन्ट भने समिट नगरेको उद्योग विभागले जनाएको छ । उबरले नेपालीसँग जोइन्ट भेन्चरका रूपमा सेवा सुचारु गर्ने भन्दै २ करोड रुपैयाँ भित्र्याउन प्रस्ताव पेश गरेको थियो । तर, त्यो प्रस्ताव कम्पनीले झारा टार्न मात्रै पेश गरेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)