विपत्तिमा राजनीति होइन, जीवनरक्षालाई प्राथमिकता दिनुपर्छ: खुस्बु ओली
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले विपत्तिको समयमा सत्ता पक्ष र प्रतिपक्षको विभाजनभन्दा नागरिकको जीवनरक्षा र उद्धारलाई प्राथमिकता दिनुपर्ने बताएकी छिन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले भोटेकोशीमा आएको विपत्तिपछि उद्धार र राहत वितरणलाई थप तीव्र बनाउन सरकारसँग आग्रह गरिन्।
सुरुङभित्र फसेकाहरूको उद्धार अपेक्षाअनुसार अघि बढ्न नसकेको उल्लेख गर्दै उनले उपलब्ध सबै सम्भावित प्रविधि, उद्धारका उपाय र दक्ष जनशक्ति तत्काल परिचालन गर्न माग गरिन्। अस्थायी आश्रयस्थलमा राखिएका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूको अवस्था संवेदनशील रहेको औँल्याउँदै मधुमेह, उच्च रक्तचाप र क्यान्सरजस्ता दीर्घरोगका बिरामीको नियमित औषधि अवरुद्ध हुन नदिन स्वास्थ्य मन्त्रालयले विशेष स्वास्थ्य टोली र औषधिको व्यवस्था तत्काल गर्नुपर्नेमा उनले जोड दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)