नयाँ पाठ्यक्रमसहित आगामी शैक्षिक सत्र शुरू हुन्छः शिक्षा मन्त्री पोखरेल
hamrakura.com · Fri Sep 11 00:00:00 GMT 2026

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताएका छन् । मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज जनकपुरधाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि सुझाव तथा पृष्ठपोषण कार्यक्रममा उहाँले समयानुकूल र विद्यार्थीको आवश्यकताअनुसार पाठ्यक्रम परिमार्जनको गृहकार्य भइरहेको जानकारी दिए ।
हालको पाठ्यक्रममा व्यापक परिमार्जन आवश्यक देखिएकाले कार्यदल गठन गरी देशव्यापीरूपमा सरोकारवालाबाट सुझाव सङ्कलन भइरहेको जानकारी दिँदै मन्त्री पोखरेलले प्राप्त सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरी आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)