भद्रपुर नाका राति ९ बजेसम्म सञ्चालन गर्न माग
annapurnapost.com · Fri Sep 11 14:16:57 GMT 2026

झापा : नेपाल–भारत सीमावर्ती आवागमनलाई सहज बनाउन भद्रपुर सीमानाका राति ९ बजेसम्म सञ्चालन गर्नुपर्ने माग स्थानीय उद्योगी तथा व्यापारीहरूले उठाएका छन्।
सीमा नाका साँझ चाँडै बन्द हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा, उद्योगी–व्यवसायी तथा सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको भन्दै नेपाल–भारत मैत्री संघ झापा र झापा उद्योग संघले सो माग राख्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई शुक्रबार ज्ञापनपत्र बुझाएका हुन्। मैत्री संघ झापाका अध्यक्ष प्रदीपमणि रेग्मी र झापा उद्योग संघका अध्यक्ष शिवकुमार गुप्तासहितको टोलीले शुक्रबार प्रमुख जिल्ला अधिकारी पोखरेललाई ज्ञापनपत्र बुझाउँदै भद्रपुर नाकाको आवागमन सहज बनाउन आवश्यक व्यवस्था मिलाउन माग राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)