तीन सातासम्म उपचार गराउँदा पनि बचेन कैदीको ज्यान
annapurnapost.com · Fri Sep 11 14:22:12 GMT 2026

विराटनगर : मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको शुक्रबार दिउँसो मृत्यु भएको छ। तीन सातासम्म उपचार गराउँदा पनि कैदीको ज्यान बचेन।
धनकुटाको महालक्ष्मी नगरपालिका–९ घर भएका ४१ वर्षीय गोविन्द भण्डारीको उपचारका क्रममा मृत्यु भएको कारागारका निमित्त प्रशासक तुलसी पौडेलले बताए। उनका अनुसार लागुऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका भण्डारीलाई छाती दुख्ने समस्या देखिएपछि गत भदौ ५ गते उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)