सन्धिखर्क नगरपालिकाबाट कर सेवा सुरु
ratopati.com · Tue May 26 20:24:57 GMT 2026

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले करदाता सेवा प्रवाह कार्यको औपचारिक शुभारम्भ गरेको छ । सन्धिखर्क नगरपालिकामा तीन हजार ५०० भन्दा बढी करदाता सेवाग्राही रहेका छन् । स्थानीय तहबाटै करसम्बन्धी सेवा सुरु भएपछि सहज, छिटो र झन्झटमुक्त सेवा पाउने भन्दै सेवाग्राही उत्साहित भएका छन् ।
नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले उपस्थितिमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल तथा आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत कृष्णप्रसाद न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्दै सेवा कार्यालयको शुभारम्भ गरेका हुन् । सो अवसरमा कस्तुरी एग्रो रिसोर्ट एण्ड इभेन्ट्स प्रालीका सञ्चालक राजन आचार्यलाई स्थायी लेखा नम्बर (प्यान) दर्ता प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)