एक यात्रामा देखिएको विपत्तिको त्यो त्रासदी
himalpress.com · Fri Sep 11 15:28:56 GMT 2026

भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढी नेपालको इतिहासकै अकल्पनीय विपत्तिमध्ये एक हो। रसुवा, नुवाकोट, धादिङ र गोरखामा त्यसले पुर्याएको क्षति शब्दले बयान गर्न सकिने खालको छैन। सयौँ मानिसले ज्यान गुमाए, हजारौँ मानिस बेपत्ता भए, कैयौँ घरबारविहीन भए, कतिपयले सर्वस्वसहित आफन्त गुमाए। बाढीले दिएको चोट र पीडा समाचारका हरफमा सीमित छैनन्। त्यो मानिसको जीवनभर रहने घाउ बनेर बसेको छ।
बाढीपछि सरकारले उद्धार, खोज तथा राहत वितरण गरिरहेको छ। राहत र उद्धार प्रभावकारी हुन नसकेको भन्दै सरकारमाथि विभिन्न कोणबाट प्रश्नसमेत उठिरहेका छन्। यही परिस्थितिमा भदौ २५ गते बिहीबार बाढी आएको झन्डै १६ दिनपछि पत्रकारहरूको एक टोली नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगीअड्डाको समन्वयमा प्रभावित क्षेत्र पुग्ने अवसर मिल्यो। त्यसमा म पनि सहभागी थिएँ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)