विद्यालयमा आर्थिक अनियमितताको आरोप लागेका प्रधानाध्यापकसहित आठ जनालाई सफाइ
ratopati.com · Fri Sep 11 15:33:35 GMT 2026

काठमाडौँ। पश्चिम रुकुमको मुसिकोट नगरपालिकास्थित श्री त्रिभुवन जनता माध्यमिक विद्यालयमा भएको आर्थिक अनियमितता तथा भ्रष्टाचार मुद्दामा तत्कालीन प्रधानाध्यापक हरिप्रसाद खनालसहित आठ जनालाई विशेष अदालतले सफाइ दिएको छ।
शुक्रबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले अनुसन्धान र सुनुवाइपछि मुद्दाका सबै प्रतिवादीहरूलाई भ्रष्टाचार कसुरबाट सफाइ दिने फैसला गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)