छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू
reportersnepal.com · Fri Sep 11 15:31:09 GMT 2026

चितवन । आज कुशे औँसी अर्थात् ‘बा’ (बुबा)को मुख हेर्ने दिन । ‘बा’ हुनेहरूले भौतिक रूपमै ‘बा’ को पूजा गरी मिठामिठा परिकार खुवाएर मुख हेरे । टाढा हुनेहरूले पनि ‘बा’लाई सम्झिए, फोन गरे र आशीर्वाद लिए । ‘बा’ र छोराछोरीबिचको सम्बन्ध नै यस्तै हुन्छ, जहाँ छोराछोरीले आफ्नो हरेक खुसीमा ‘बा’को सम्झना गर्छन् र ‘बा’ले पनि सन्तानको सुख, सफलता र प्रगतिको कामना गरिरहेका हुन्छन् ।
कतिपय ‘बा’सँगको सम्बन्ध साथीको जस्तै हुन्छ । कतिपयको सम्बन्ध बाहिरबाट त्यति देखिँदैन, तर सन्तानको जीवनको हरेक मोडमा ‘बा’को उपस्थिति र प्रभाव हुन्छ । सन्तानले जुनसुकै काम गर्दा ‘बा’को सम्झना जोडिन्छ । ‘बा’ एउटा यस्तो शब्द हो, जससँग सन्तानको भविष्य, भरोसा र सुरक्षाको भावना जोडिएको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)