दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि कर्णालीमा
ratopati.com · Fri Sep 11 15:44:26 GMT 2026
काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को सिफारिसका आधारमा दशौं संस्करणको प्रतियोगिता कर्णाली प्रदेशका सुर्खेतलगायत विभिन्न जिल्लामा आयोजना गर्ने निर्णय गरेको हो।
मन्त्रालयका अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण २०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको थियो। त्यसयता राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुन सकेको थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)