सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित
khabarhub.com · Fri Sep 11 15:52:25 GMT 2026

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल अघिको सडक पेटीमा शिशुलाई जन्म दिएको घटना सार्वजनिक भएपछि सो विषयमा सङ्घ, प्रदेश र जिल्लास्तर गरी तीन वटा छानबिन समिति गठन गरिएको छ । ती समितिले छानबिन प्रक्रिया पनि सुरु गरिसकेका छन् ।
छानबिन समितिले उक्त कार्यस्थलमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार, सफाइकर्मी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जीतेन्द्र कँडेलसँग सोधपुछ गरिसकेको अस्पताल प्रशासनले जनाएको छ । छानबिन टोलीले घटनाको प्रकृति, पीडित महिलाको अवस्था, स्वास्थ्यकर्मीको व्यवहार तथा अन्य विषयमा अनुसन्धान गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राञ्जित झाले बताए । उनी घटना भएको दिन कामविशेषले काठमाडौँमा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)