बन्द भएको ३५ वर्षपछि ललितपुर महानगरले सञ्चालनमा ल्यायो शारदा पुस्तकालय
ratopati.com · Fri Sep 11 16:05:32 GMT 2026

ललितपुर । ललितपुर महानगरपालिकाले विसं २०४६ पछि बन्द भएको ऐतिहासिक शारदा पुस्तकालय सञ्चालनमा ल्याएको छ । विसं २०४६ को जनआन्दोलन अघिसम्म मङ्गलबजारस्थित तत्कालीन ललितपुर नगर पञ्चायतको भवनमा सञ्चालनमा रहेको शारदा पुस्तकालय त्यसयता वेखवर बनेको थियो ।
बन्द भएको शारदा पुस्तकालयलाई ललितपुर महानगरपालिकाले आफ्नै कार्यालय भवनमा आजदेखि पुनःसञ्चालनमा ल्याएको हो । उक्त पुस्तकालयको उद्घाटन गर्दै संस्कृति शिरोमणि हरिराम जोशीले ओझेलमा परेको र मृत भैसकेको पुस्तकालय सञ्चालनमा आउनु महत्त्वपूर्ण भएको भन्दै यसले ज्ञानको प्रचारप्रसारमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)