दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास आयात
nepalnews.com · Fri Sep 11 16:09:20 GMT 2026

काठमाडौं। पछिल्लो दुई दिनमा भारतबाट नेपालमा झण्डै साढे ३ लाख सिलिन्डर बराबरको एलपी ग्यास भित्रिएको छ। नेपाल आयल निगमका अनुसार बिहीबार र शुक्रबार गरी कुल ३ लाख ४५ हजार ८५ सिलिन्डर ग्यास आयात भएको हो।
निगमको तथ्यांकअनुसार यी दुई दिनमा कुल ४ हजार ९००.२ मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ। भदौ २५ गते ३ हजार ७७.९ मेट्रिक टन अर्थात् २ लाख १६ हजार ७५३ सिलिन्डर र भदौ २६ गते १ हजार ८२२.३ मेट्रिक टन अर्थात् १ लाख २८ हजार ३३२ सिलिन्डर ग्यास आयात भएको निगमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)