भोटेकोशी बाढी पीडितका लागि गण्डकीका यातायात व्यवसायीबाट २७ लाख बढी सहयोग
ratopati.com · Fri Sep 11 16:10:25 GMT 2026

कास्की । गण्डकी प्रदेशमा क्रियाशील विभिन्न यातायात प्रालिहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु २७ लाख ३५ हजार ८९५ सहयोग गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश समितिमा आबद्ध विभिन्न यातायात कम्पनी तथा समितिहरूबाट उक्त रकम सङ्कलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको महासङ्घ गण्डकी प्रदेश संयोजक महेशबहादुर थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)