मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत
canadanepal.com · Fri Jun 19 17:03:28 GMT 2026
काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाबाट भित्रिएका सवारीसाधनको जाँचपास प्रक्रियामा भने कैफियत भेटिएको छ । भन्सार विभागद्वारा आज जारी विज्ञप्तिमा मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले ६४९ वटा विद्युतीय सवारीसाधन नियमसंगत भित्रिएको प्रतिवेदन दिएको जनाएको छ । ती सवारीसाधन गत जेठ १४ गते नेपाल प्रवेश गरेका थिए ।
अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सिसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा ती सवारीसाधन जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको र सोही मितिसम्म भन्सार कार्यालयबाट नियमानुसार जाँचपास भइसकेको निष्कर्ष निकालेको विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)