हर्मुज जलमार्गबारे इरान र खाडी मुलुकबीच सोमबार छलफल
nepalnews.com · Fri Sep 11 16:59:10 GMT 2026

काठमाडौं। इरानले सोमबार ओमानमा खाडी मुलुकहरूसँग हर्मुज जलमार्गको सुरक्षा र व्यवस्थापनबारे छलफल गर्ने भएको छ। इरानी विदेश मन्त्रालयका अनुसार विश्वभर इन्धन आपूर्तिको रणनीतिक मार्ग मानिने यो जलमार्गमा जारी तनाव कम गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो। मध्यपूर्वमा जारी युद्धका कारण यो जलमार्ग पटक-पटक अवरुद्ध हुँदै आएको छ।
शुक्रबार जारी विज्ञप्तिमा मन्त्रालयले भनेको छ, “यो बैठक क्षेत्रका देशहरूबीच राम्रो समझदारी बढाउन र साझा क्षेत्रीय सुरक्षा सुदृढ गर्न लक्षित छ।” बैठकमा इराक र पर्सियाली खाडीका अन्य तटवर्ती मुलुकहरू पनि सहभागी हुने जनाइएको छ। गत फेब्रुअरी २८ देखि इरान युद्धमा छ। त्यसयता इरानले क्षेत्रभर आक्रमण गर्दै हर्मुज जलमार्गमा नाकाबन्दी लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)