३५ वर्षपछि ललितपुरमा शारदा पुस्तकालय पुनः सञ्चालनमा
nepalnews.com · Fri Sep 11 17:02:40 GMT 2026

ललितपुर। ललितपुर महानगरपालिकाले विसं २०४६ देखि बन्द रहेको ऐतिहासिक शारदा पुस्तकालय पुनः सञ्चालनमा ल्याएको छ। मङ्गलबजारस्थित तत्कालीन ललितपुर नगर पञ्चायतको भवनमा सञ्चालनमा रहेको उक्त पुस्तकालय जनआन्दोलनपछि लामो समयदेखि बन्द थियो। महानगरले आफ्नै कार्यालय भवनमा पुस्तकालय पुनः स्थापना गरेको हो।
पुस्तकालयको उद्घाटन गर्दै संस्कृति शिरोमणि हरिराम जोशीले पुस्तकालयको इतिहास ८०० वर्षभन्दा पुरानो रहेको उल्लेख गर्दै यसको पुनः सञ्चालन ज्ञानको प्रचारप्रसारका लागि महत्त्वपूर्ण कदम भएको बताए। उनले भने, “पुस्तकालयको इतिहास ८०० वर्षभन्दा लामो छ, शारदा पुस्तकालयलाई जीवन्त बनाउने कार्यमा प्रवुद्ध व्यक्तित्वहरू लाग्नुहुनेछ भन्ने विश्वास छ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)