प्रधानमन्त्री राहत कोषमा दुई दिनमै साढे ४ अर्ब सङ्कलन: सहयोगी हातहरूको ओइरो
ratopati.com · Fri Aug 28 18:30:49 GMT 2026

काठमाडौँ । बाढी पहिरो पीडितको उद्धार र राहतका लागि स्थापित ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा देश–विदेशबाट सहयोग जुट्ने क्रम तीव्र बनेको छ । शुक्रबार बेलुकी साढे ६ बजेसम्म कोषमा जम्मा ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ सङ्कलन भएको छ ।
९ वटा वाणिज्य बैंकहरूमा खोलिएका खातामार्फत उक्त नेपाली रुपैयाँ सङ्कलन भएको हो । यसका अतिरिक्त थप दुई बैङ्क— हिमालयन र लक्ष्मी सनराइजमा ६ लाख ८० हजार ६१८ अमेरिकी डलर (करिब १० करोड ३८ लाख नेपाली रुपैयाँ) जम्मा भएको छ। यो ठुलो परिमाणको सहयोग मात्र दुई दिनको अवधिमा प्राप्त भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)