भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या
gorkhapatraonline.com · Fri Aug 28 18:30:38 GMT 2026

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएकाको शव व्यवस्थापनमा जटिलता देखिएको छ । नारायणी र त्रिशूली नदी किनारमा मानवसहित पशु चौपायाका शव र अङ्ग फेला परेका छन् ।
नदी किनारबाट शव एम्बुलेन्समार्फत् ल्याइएको छ । भरतपुर अस्पतालमा ल्याइएका शवलाई टेन्टमुनि राख्नुपर्ने बाध्यता छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष एवं फिजिसियन डा. भोजराज अधिकारीले शवलाई कुहिने र गन्हाउने समस्या आउन नदिन विशेष चनाखो अपनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “यस्तो अवस्थामा पानीजन्य सङ्क्रमणको जोखिम रहन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)