दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि कर्णालीमा हुने
nepalnews.com · Fri Sep 11 17:47:40 GMT 2026
काठमाडौं। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बैठकको सिफारिसका आधारमा शुक्रबार सो निर्णय गरेको हो। प्रतियोगिता कर्णालीका सुर्खेतलगायत विभिन्न जिल्लामा सञ्चालन हुनेछ।
मन्त्रालयका अनुसार यसअघिको नवौँ संस्करण २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गरिएको थियो। त्यसयता राष्ट्रिय खेलकुद प्रतियोगिता हुन सकेको थिएन। स्वस्थ, सक्षम, मर्यादित र अनुशासित खेलाडी तथा सिर्जनशील नागरिक तयार गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)