खाडीबाट फर्केर गाईपालन, मासिक रु दुई लाख आम्दानी
ratopati.com · Sat Jun 27 05:15:25 GMT 2026

पर्वत । रोजगारीका लागि आठ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका एक युवाले मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । पर्वतको जलजला गाउँपालिका-८ फर्सेका ४५ वर्षीय नारायण जिसीले स्वदेशमै बसेर मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न सफल भए ।
विगत १३ वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका जिसीको गोठमा १२ वटा गाई र एउटा भैँसी छ । उनले दैनिक रूपमा ७५ देखि ८० लिटर दूध उत्पादन गरी बजारमा बिक्री गर्दै आएको जानकारी दिए । “गाईपालन सुरु गरेपछि आठ वर्ष साउदी अरब गएर काम गरेँ, तर आफ्नै घरमा जस्तो कमाई नभएपछि पुनः फर्केर व्यवसाय विस्तार गरेको हुँ”, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)