राष्ट्रिय सभाले पाएन काम
gorkhapatraonline.com · Wed May 27 00:25:20 GMT 2026

सङ्घीय संसद्को माथिल्लो सदन यतिबेला विधेयकको पर्खाइमा छ । सधैँ समयको चापमा रमाउने राष्ट्रिय सभाले पछिल्लो पटक गत जेठ ८ गतेको बैठकबाट अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ र सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित ग¥यो । करिब एक वर्षअघि अभौतिक सांस्कृति सम्पदा (संरक्षण) विधेयक दर्ता भएयता राष्ट्रिय सभामा कुनै पनि विधेयक उत्पत्ति भएको छैन । विधेयक नहुँदा राष्ट्रिय सभामा विधायन व्यवस्थापनसम्बन्धी गतिविधि ठप्पै भएको छ ।
राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले जेठ १३ गते बुधबार बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकमा राष्ट्रिय सभाको ‘बिजनेस’ बारे सरकारलाई आग्रह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “वैकल्पिक विकास वित्त परिचालनबाहेक राष्ट्रिय सभामा तत्काल कुनै विधेयक छैन । यस अवस्थाबारे समिति बैठकमा सरकारको प्रतिनिधित्व गर्ने एवं पदेन सदस्यसमेत रहने कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई बुधबारको बैठकमा जानकारी गराइने छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)