जनता महंगीको मारमा पर्दा सरकार मुख खोल्दैन : हर्क साम्पाङ
nepalnews.com · Sat Jun 27 05:19:32 GMT 2026

सुर्खेत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले अहिलको सरकार गरिबमैत्री नभएको आरोप लगाएका छन् । शनिबार सुर्खेत आएका राईले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महंगीको मारले नागरिक आजित हुँदा पनि सरकार गैरजिम्मेवार बनेको टिप्पणी गरे।
सरकारले सुकुम्बासीमाथि गरेको धरपकडले सरकार गरिबको विपक्षमा रहेको स्पष्ट हुने उनले बताए । प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र अभिव्यक्तिप्रति उनले असन्तुष्टि व्यक्त गरे । “प्रधानमन्त्री संसद र आमनागरिकप्रति जवाफदेही हुनैपर्छ, हाम्रो प्रधानमन्त्रीले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्ति विवादास्पद र गलत छ,” उनले भने, “त्यसलाई प्रधानमन्त्री ज्यूले सच्याउनुपर्ने हुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)